Sunday, January 15, 2017

कलाकार गोविन्दसिंह रावत कोलोराडोमा अभिनन्दित

साहित्य तथा कलाको क्षेत्रमा ख्याती कमाएका प्रध्यापक डा. गोविन्दसिंह रावतलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार तथा कलाकार प्रध्यापक डा.गोविन्दसिंह रावतलाइ अभिनन्दन गरिएको हो ।


कार्यक्रमका बिशेष आतिथी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले फुलको माला लगाई दिइ तथा आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सम्मान पत्र प्रदानगरि रावतलाई सम्मान गरेका हुन् । अभिनन्दित ब्यक्ति रावतले नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पुर्याएको योगदानको बारेमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल र बिशेष अतिथी पदम बिकले प्रकास पारेका थिए भने, समिक्षा डा.विजयराज शर्माले गरेका थिए ।


यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका आकाश राई, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


मुलुकले भर्खरै गुमाएका भाषा कला तथा साहित्यका दुई हस्तिहरु कनकमणी दिक्षीत र बिष्णुभक्त फुयालको संझनामा मौनधारण पछि सुरुभएको कार्यक्रमा आयोजक संस्थाका सचिव दामोदर लुईटेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने महासचिव गौतमसागर राईले कार्यक्रम संचालन गरेका थिए ।


कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए ।


केहिले गीत र केहिले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आ–आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।


मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।








Published on January 15, 2017 at 10:55 am



Loading…



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts