Sunday, January 15, 2017

ट्रम्पले सपथ गरेकै भाेलिपल्ट ‘वुमन्स मार्च अन वासिङ्टन’ मा केटी

katy-perry-hd_104224803

हिलारी क्लिन्टनकी कट्टर समर्थक चर्चित अमेरिकी गायिका केटी पेरी क्लिन्टनका पक्षमा गीत मात्र गाइनन्, अमेरिकी मुसलमान विरूद्ध डोनाल्ड ट्रम्पलेकाे नीति विरूद्ध चलचित्र नै निर्माण गरेकी छिन् । ट्रम्पकाे सपथग्रहण समाराेहमा गीत गाउनका लागि गरिएकाे अनुराेधलार्इ अस्विकार गर्दै उनी ट्रम्प  ह्वाइट हाउस सरेकै दाेस्राे दिन जनवरी २१ को ‘वुमन्स मार्च अन वासिङ्टन’ मा भाग लिने घाेषणा गरेकी छिन् ।


अमेरिकी मुसलमानहरूको अधिकारको पक्षमा उभिएकी पेरीले यो समुदायको हकहितका लागि ‘हयासटयाग डन्ट नर्मलाइज हेट’ नामक छोटो चलचित्र नै बनाएकी छन् ।चलचित्रमा ट्रम्पको मुसलमान नीतिलाई दोस्रो विश्वयुद्धका बेला १ लाख २० हजार जापानी–अमेरिकनलाई बन्दी बनाएको प्रसंगसँग जोडिएको छ ।


अमेरिकी मुसलमानहरूको सूची संकलन गर्ने बताएका ट्रम्पलार्इ जवाफ दिदैं उनले चलिचत्रमा  त्यसो गरे इतिहास दोहोरिन सक्ने चेतावनी दिएकी छिन् । चलचित्रमा ८९ वर्षे जापानी वृद्धा कोरुमियालाई देखाइएको छ, जो सन् १९४२ मा आफूले भोगेको व्यथा सुनाउँछिन् । एफबीआईले बुबालाई लगेको र क्याम्पमा बस्दाको तीतो अनुभव उनले बताएकी छन् ।


काेरूमियाले भनेकी छिन्, ‘हामी जापानी–अमेरिकी परिवार थियौं जसको संवैधानिक अधिकार खोसिएको थियो । चलचित्रकाे पछिल्लो खण्डमा अनुहारको प्रोस्थेटिक मेकअप उतार्दै कोरुमिया पाकिस्तानी मूलकी मुस्लिम–अमेरिकन हिना खानमा परिणत हुन्छिन् । खान भन्छिन्, ‘इतिहासलाई आफैं दोहिरन नदिऊँ ।’


चलचित्रका निर्देशक जापानी मूलकी आया तानिमुराका अनुसार अल्पसंख्यक, पीडित र पिछडिएकाको पक्षमा उभिदै अाएकी पेरीले चलचित्रका लागि आवश्यक प्रोस्थेटिक सामग्रीका लागि ब्ल्यांक चेक नै दिएकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts