Thursday, January 12, 2017

लागूऔषधसहित एक पक्राउ

विराटनगर, पुस २८ ।
मोरङको हात्तीमुडा–८ स्थित राहुल पेट्रोलपम्पनजिकैबाट प्रहरीले बुधबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सुन्दरदुलारी–१ बस्ने १८ वर्षीय सविन चौधरी रहेका छन् । चौधरीलाई इलाका प्रहरी कार्यालय, निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो ।



प्रहरीले उनको साथबाट फेनारगन–८ एम्पुल, डाईजेपाम्प–९ एम्पुल, लुप्रिजेसिक–८ एम्पुल बरामाद गरेको छ । लागुऔषधसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts