Wednesday, January 11, 2017

मिडिया कप: कान्तिपुर र एनटीभी विजयी

काठमाडौं,पुस २७ -साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा जित हात पारेका छन्। बुधबार भएको खेलमा यी टोलीले जित हात पारेका हुन्।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजन २–० गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो जित हात पा¥यो।



जितसंगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको छ। कान्तिपुरको जितमा सुरज मोक्तान र समिर तामाङले १–१ गोल योगदान गरे। समिर ‘म्यान अफ द म्याच’ चुनिए।



सोही समूहको अर्को खेलमा एनटीभीले एभिन्युजलाई २–१ ले हराउदै पहिलो जित निकाल्यो। एनटीभीका लागि ‘म्यान अफ द म्याच’ प्रज्ज्वल शाक्य र राजेश थापा मगरले १–१ गोल गरे। बिहीबार समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट र रेडियो नेपालबीच खेल हुनेछ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts