Tuesday, January 10, 2017

 अष्ट्रेलियामा नेपाली विद्यार्थीमाथि मुद्दा दायर, यस्तो छ कारण



काठमाडौं, पुस २६— अष्ट्रेलियाली युवतीलाई सार्वजनिक स्थलमा पिटेको आरोपमा नेपाली विद्यार्थीमाथि मुद्दा चलाइएको छ ।



नेपालबाट अध्ययनको सिलसिलामा अष्ट्रेलियाको सिड्नी पुगेका नेपाली विद्यार्थी पवन श्रेष्ठलाई मदिरा पिएर युवतीमाथि कुटपिट गरेको त्यहाँको प्रहरीको आरोप छ ।



प्रहरीले श्रेष्ठको पासपोर्ट जफत गरेको छ । उनले मदिरा सेवन गरी नशाको सुरमा हातपात गरेको हुन सक्ने बयान दिँदै माफी मागेका छन् । अष्ट्रेलियाको एक टिभी च्यानल ‘सेभेन न्युज’सँग कुरा गर्दै श्रेष्ठले भने, “त्यतिबेला मैले पिएको थिएँ, म कसरी एउटी महिलालाई कुट्न सक्छु, ऊ पनि कसैको छोरी हो, कसैको श्रीमती हो । म त्यस्तो गर्न सक्दिनँ, म उनीसँग माफी माग्न चाहन्छु ।”



अर्को महिना उनलाई अदालतमा उपस्थित गराएर मुद्दा अगाडि बढाइने बताइएको छ । धरौटीमा रिहा भए पनि उनले काम गर्दै आइरहेको ‘म्याक्डोनल्ड’ कम्पनीले पनि निष्कासन गरिदिएको छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts