Tuesday, January 10, 2017

भीरबाट लडेर दुई मजदुरको मृत्यु

सल्यान, पुस २६— भीरबाट लडेर गएराति दुई मजदुरको मृत्यु भएको छ। वामे– ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी भिरबाट राति १० बजेतिर खसेका थिए। शव परीक्षणका लागि सुर्खेत जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।रासस



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts