Monday, January 9, 2017

अनौठो कानून:वयस्कले बर्षको एक पटक अनिवार्य रक्तदान गर्नैपर्ने

एजेन्सी,पुस २६ – भियतनामको स्वास्थ्य मन्त्रालयले रक्तदान सम्बन्धि एक नयाँ कानूनको प्रस्तावना गरेको छ । प्रस्तावित उक्त कानून पारित भएमा सन् २०१८ देखि प्रत्येक भियतनामी बयस्कले बर्षको न्यूनतम एक पटक अनिवार्य रक्तदान गर्नै पर्दछ । भियतनाममा स्वास्थ्य उपचार तथा शल्यक्रियाका लागि चरम रक्त अभाव र रक्त सङकलनका लागि खटाइने प्राबिधिक र कर्मचारीहरुको तलब, भत्ता, बीमा खर्च, भ्रमणखर्च, मेशिन तथा औजार खर्च इत्यादिमा सरकार तथा अन्य संघ, संगठनले ठूलो धनराशी बेहोर्नु परेको स्थितिलाई ध्यानमा राख्दै यहाँको स्वास्थ्य मन्त्रालयले एउटा रक्त तथा मानव कोषिका कानून को मस्यौदा तयार गरेको छ ।
यस अन्तर्गत अनिवार्य रक्तदान लागू गर्ने तथा ऐच्छिक रक्तदानलाई प्रोत्साहन दिन सरकारी खर्चमा वृद्धि गरिने समेत दुईवटा कार्ययोजनाहरु कार्यान्वयन गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



अनिवार्य रक्तदान योजनामा मुलुकका करिव चार करोड साठी लाख बयस्कहरुले वर्षको कम्तीमा एक पटक प्रतिव्यक्ति एक युनिटका दरले अनिवार्य रक्तदान गर्नै पर्छ (एक युनिट रक्तथैलीमा दुइसय पचास मिलिलिटरको परिमाण रहन्छ) । तर, यो सङ्ख्यामा रक्त सम्बन्धि र रक्तजन्य अन्य रोगले ग्रस्त करिव एक करोड बयालिस लाख रोगीहरु पनि पर्ने हुँदा उनीहरुको हकमा भने यो योजना लागू हुने छैन ।



यस प्रकार वार्षिक दुई करोड असीलाख युनिट रक्त सङ्कलन हुने र यस परिमाणले देशभरीका अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि आवश्यक रक्तको माग पूरा भै केही बचत समेत हुने जनाइएको छ । पहिलो योजनाको सफल कार्यान्वयन भै सकेपछि सरकारले दोश्रो योजना कार्यान्वयनमा ल्याउने छ । यस अन्तर्गत कुनै पनि बयस्कले वर्षको एक पटकभन्दा बढी ऐच्छिक रक्तदान गरेमा उसलाई बिभिन्न आर्थिक पुरस्कार वा सामाजिक लाभ प्रदान गरिने कार्यक्रम रहेको छ ।



अनिवार्य रक्तदान योजना लागू भएपछि सरकारी खर्चमा बचत हुन जाने रकमको तुलनामा यस दोश्रो योजना कम खर्चिलो हुने अपेक्षा गरिएको छ । यसप्रकार सरकारले स्वास्थ्य क्षेत्रका अन्य परियोजनामा थप लगानी गर्न पाउने हुँदा देशको स्वास्थ्य क्षेत्रमा जनताहरुले थप लाभान्वित हुने अवसर पाउने स्वास्थ्य मन्त्रालयको दावी छ । प्रस्तावित नयाँ कानून भियतनामको माथिल्लो संसद्मा सन् २०१८ मा पेश गर्ने तयारी भै रहेको छ ।



स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा सन् २०१० मा भियतनामको जम्मा जनसंख्याको एक प्रतिशत भन्दा कम ब्यक्तिले मात्र रक्तदान गरी एघार लाख युनिट मात्र रक्त सङ्कलन भएको थियो । भियतनाममा रक्त सङ्कलनका लागि कसैलाई करकाप नगरिने कारण हालसम्म पनि स्वेच्छिक रक्तदाताहरुको संख्या ज्यादै न्यून रहेको छ । साधारणतया एकजना बयस्कको उमेर तथा शारिरीक तौलको आधारमा वर्षको चार पटकसम्म रक्तदान गर्न सकिन्छ । रासस /सिन्ह्वा



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts