Friday, January 13, 2017

गल्ती साबित भए सजाय भोग्न तयार

13165951_1100365583360448_949071535084518535_n


केहि मिडियाले पनि TRP oriented news लेखिरहेका छन् अत: यो संबेदनशील र मुश्किलको समयमा मन देखि भन्न चाहन्छू हाम्रो १% पनि गल्ति साबित भए हामि सजाए भोग्न तैयार छौ
तर मिथ्या आरोप लगाएर थप पिडा नदिन आग्रह गर्छौ ।




  • दीपकराज गिरी

07O सालमा “छ एकान छ” पाइरेसी भयो । उजूरी गरे , ब्यक्ति समातियो पनि… कारबाहि गर्नु पर्ने तर एउटा गरिब मजदूरी गरेर खाने परिवारको केटा परेछ.. उस्को आमालाइ देखेर आफ्नै ऑखामा ऑशु आयो , प्रहरी लाइ अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोड़ी दियौ……
यो पटक स्वर्गीय कृ्ष्ण सुबेदी सहित ४ यूबा समातिय
अपराध महाशाखा प्रमुख सर्बेन्द्र ज्यू र मैले ” पाइरेसी गरेता पनि पैसा कमाउने नियतमा पाइरेसी भाको देखिन्न त्यसैले कार्बाहि नगरौ, केटाहरूको भबिष्य बिगरिन्छ भनेर सामान्य तारिक मा छोडियो, आइतबार देखि त त्यो तारिक बाट पनि मुक्त भैसकेको अबस्था थियो……वारवार सामाजिक संजालमा यूबाहरू लाइ आग्रह पनि गरि रहेको हुन्छू.. कृपया यस्ता साम्ग्री हात पर्दा नहेर्नु राम्रो , हेरे पनि शेयर वा ट्याग नगरौ त्यसले तपाइको पनि भबिष्य बिग्रन सक्छ cyber act ले समात्छ भनेर
यो बिषयमा पनि उदारता देखाएरै केटाहरूलाइ मुद्दा नचलाइ सम्झाएर छोडिएको हो , आफ्नै क्षति हूदॉ हूदै पनि हामिले हदै सम्मको नरम ब्यबहार प्रस्तुत गरेकै हो…. त्यसमाथि अहिले केहि ब्यक्तिहरू ले सामाजिक संजालमा केहि अत्यन्तै असंबेदनशील भइ छक्का पन्जालाइ यस्को भागीदार भएको आरोप पनि लगाइरहेछन् , त्यस्ले थप मर्माहित तुल्याएको छ हामिलाइ …एकातिर चलचित्रको पाइरेसी, अर्को तिर यूवाको मृत्यू को पिडा त्यस्माथि यो असंबेदनशील आरोप …
खाएको बिष मात्रै लाग्नु पर्ने हो.. एकातिर मृतकको परिवार को पिडा सम्झेर दुखित छू, अर्को तिर यस्ता संबेदनाहीन आरोपले मर्माहित तुल्याएको छ..




खाएको बिष मात्रै लाग्नु पर्ने हो.. एकातिर मृतकको परिवार को पिडा सम्झेर दुखित छू, अर्को तिर यस्ता संबेदनाहीन आरोपले मर्माहित तुल्याएको छ..





मृत्यू हो, हत्या हो वा अरू नै केहि कारण हो प्रहरीले अनुशन्धान गरिरहेको छ , प्रहरीले पाइरेसी आरोपमा सफाइ दिइसकेको अबस्थामा यूबकको मृ्त्यू भएको छ , मृत्युको सहि कारण के हो पछि अनुशन्धानबाट खुल्ने नै छ
केहि मिडियाले पनि TRP oriented news लेखिरहेका छन् अत: यो संबेदनशील र मुश्किलको समयमा मन देखि भन्न चाहन्छू हाम्रो १% पनि गल्ति साबित भए हामि सजाए भोग्न तैयार छौ
तर मिथ्या आरोप लगाएर थप पिडा नदिन आग्रह गर्छौ
हामिलाइ सहयोग , साथ र पिडामा पनि हौसला दिने लाखौ साथिहरू लाइ धन्यबाद भन्न चाह्नछौ !!!



(दीपकराज गिरीकाे फेसबुक स्टाटसबाट जस्ताकाे तस्तै )

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts