Sunday, January 8, 2017

ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको मृत्यु



काठमाडौं, पुस २४—सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार एक शक्तिशाली ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको मृत्यु भएको छ । उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको उक्त सहरमा यसअघि यति धेरै मानिसको ज्यान जाने गरी आक्रमण नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।



घटनामा छजना विद्रोही र बाँकी सबै सर्वसाधारणको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । घटनामा मृत्यु भएका प्रायः सबैजनाको विस्फोटबाट चिन्न नसकिने गरी शरीर उढेको र दजैनौँ सर्वसाधारण घाइते भएका छन् । घटनाको जिम्मेवारी शनिबार रातिसम्म कसैले लिएको छैन ।



टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार पक्ष र विद्रोहीबीच एक साता पहिले डिसेम्बर ३० मा युद्धविराम सम्झौता भएपछि पनि सवै पक्षबाट सम्झौता उल्लङ्घन गर्दै एक अर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिइरहेको बताइरहे पनि यति धेरै नागरिकको मृत्यु हुने गरी भएको यो नै प्रमुख घटना हो ।



दुई दिन पहिले सिरियाली युद्धविराम सम्झौतामा समावेश भएका करिब एक दर्जन विद्रोही समूहले युद्धविरामपछि पनि सरकारले राजधानी दमास्कस वरपरका क्षेत्रमा सुरक्षा कारबाही जारी राखेको भनी असन्तुष्ट पक्षले केही समयपछि काजकिस्तानको राजधानी अस्पतानामा संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति वार्ताका लागि छलफल हुने बैठकमा सरकारद्वारा जारी राखेका आक्रमण नरोके आफूहरुले संलग्नता नजनाउने भनी एक विज्ञप्ति जारी गरी सम्झौता उल्लङ्घन भएको तर्फ सम्बद्ध सबै पक्षलाई अवगत गराएका थिए ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts