Saturday, January 14, 2017

अमेरिकाकाे डलासमा एनअारएन अमेरिकाकाे साधारणसभा सुरूः एमाले समर्थकलार्इ नजरअन्दाज गरिएकाेमा अापत्ति

15940369_1095296933929716_6613326420375961231_n


गैरअावासीय नेपाली संघ अमेरिकाकाे पाँचाै साधारणसभा टेक्सास राज्यकाे डलासमा सुरू भएकाे छ । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  नेपाली परम्परा अनुसार नै पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेपछि विधिवत रूपमा साधारणसभा सुरू भएकाे हाे ।



समाराेहमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, गैरअावासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुमार पन्तलगायत अमेरिकी नेपाली डायस्पाेराका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । उद्घाटन सत्रमा उनीहरूले साधारणसभाकाे सफलताकाे कामना गरेका थिए ।
15941252_1095296923929717_7449456377097481287_n



अमेरिकाका विभिन्न राज्यबाट पातलाे संख्यामा अाएका नेपाली प्रतिनिधिहरूकाे उपस्थितिमाझ सुरू भएकाे साधारणसभा एनअारएन अमेरिकाभित्रकै अान्तरिक किचलाे, कांग्रेस पृष्ठभूमीका पदाधिकारीहरूकाे दबदबा र अन्य कतिपय कारणले खासै जमेकाे छैन ।



समाराेहमा ९० प्रतिशतभन्दा बढी कांग्रेसी समर्थक रहेकाे भनेर बताइए पछि  एमाले समर्थक प्रवास् नेपाली मञ्चलार्इ नजरअन्दाज गरिएकाे भन्दै मञ्चसम्वद्ध  सहभागीहरूले विराेध गरेका थिए ।



१० हजारभन्दा बढी साधारण सदस्य भएकाे एनअारएन अमेरिकाकाे साधारणसभामा मुस्किलले पाँचसयकाे हाराहारीमा सहभागिता रहेकाे छ । प्रतिशतमा हेर्दा याे ५ प्रतिशत पनि हैन ।



तस्वीर साैजन्यः हिमालय खबर

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts