Saturday, January 14, 2017

साँस्कृतिक प्रस्तुतीका साथ सुरु भयो एनआरएनए अमेरिकाको पाँचौ साधारण सभा 


 गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पाँचौ वार्षिक साधारण सभा टेक्ससको डालसमा शहरमा सुरू भएको छ । यसै कार्यक्रममको लागि प्रमुख अतिथीका रुपमा अमेरिका पुगेका परराष्ट मन्त्री डा. प्रकाशशरण महतले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका हुन् ।


नेपाली संस्कृती झल्कने नृत्यहरुका साथ सुरु भएको कार्यक्रममा एनआरएनका पदाधिकारी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधी, अमेरिकाबासी नेपाली र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको छ ।


एनआरएन उपाध्यक्ष कुमार पन्तको आतिथ्यतामा सुरु भएको बार्षिक साधारण सभालाई संघका क्षत्रीय संयोजक सोनाम लामा, संघका पुर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाली कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, जनसंपर्क समिती अमेरिका सभापति आनन्द बिष्ट, अगुवा समाजसेवी कृष्ण लामिछाने लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।



संघको १७ स्थानिय च्याप्टरका प्रतिनिधि र सहभागीहरुलाई संघका अध्यक्ष केशव पौडेलले स्वागत गरेका थिए भने संघको टेक्सास च्याप्टरको आतिथ्यतामा आयोजित सभामा संघको बिधान, नेपालमा जारी भुकम्प पीडित सहयोग पारीयोजना र स्थानिय च्याप्टरका बिषयमा छलफल हुने आयोजकले जानकारी गराएका छन ।
















Published on January 14, 2017 at 12:13 pm




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts