Wednesday, January 11, 2017

ख्याल गर्नुहोस्,यी लक्षण देखिएमा तपाइलाई मस्तिष्क घात हुन सक्छ !

काठमाडौं – मस्तिष्कसम्म रगत सञ्चार हुन नसकेमा ‘ब्रेन स्ट्रोक’ अर्थात् मस्तिष्क घातको खतरा बढ्छ । यस्तो घात जो कोहीलाई जुनसुकै समयमा हुन सक्ने खतरा हो । यदि समयमै यसको लक्षणका बारेमा थाहा भएमा बिरामीको ज्यान बचाउँन सकिन्छ । यस्ता छन्, ब्रेन स्ट्रोकका संकेतहरु :



अनुहारमा परिवर्तन – एकदम छिटो अनुहारमा परिवर्तन आएमा अथवा अनुहारको आकार केही बांगो भएजस्तो महशुस भएमा यो ‘ब्रेन स्ट्रोक’को संकेत हो ।



हात कमजोर हुनु – बिना कारण दुवै हात कमजोर हुनु र कुनै पनि सामान उठाउन गाह्रो हुनु ब्रेन स्ट्रोकको संकेत हो ।



खुट्टा कमजोर हुनु – यदि खुट्टामा सन्तुलन नभइरहेको महशुस भएमा पनि ब्रेन स्ट्रोकको संकेत हुन सक्छ । सिधा उभिन वा हिड्न लड्खडाएमा पनि स्ट्रोकको लक्षण हुन सक्छ ।



बोली लरबराउनु – बोल्न गाह्रो लाग्ने वा बोली लरबाराएमा ब्रेन स्ट्रोक हुन सक्ने संकेत हो ।



पक्षघात हुन – ट्रांजिएंट इस्कीमिक अट्याकलाई मिनि स्ट्रोक अर्थात् पक्षघात पनि भनिन्छ । यदि कसैलाई यस्तो भएमा पनि मस्तिष्क घातको संकेत हो ।



हेर्न समस्या – आँखामा धमिलोपन आउनु र हेर्न गाह्रो महशुस भएमा पनि मस्तिष्क घातको संकेत हुनसक्छ ।



एकोहोरो टाउको दुख्नु – टाउको दुख्ने र रिंगटा पनि लागेमा अथवा वान्ता हुने जस्तो महशुस गर्नु पनि ब्रेन स्ट्रोकको संकेत हो ।



-nepaliheadlines.com



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts