Tuesday, January 17, 2017

आवश्यक कानुन नबनाई निर्वाचन हुन सक्दैन : एमाले महासचिव पोखरेल

विराटनगर, माघ ४ ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुन निर्माण नभएको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन् ।


विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको प्रस्तावबारे पार्टीको पुरानै अडान कायमै रहेको जनाउँदै निर्वाचन गराउने सरकारको मनशाय नरहेकाले उक्त विधेयक ल्याइएको जिकिर गरे ।


‘यदि सरकार निर्वाचन गराउन चाहन्छ भने संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ वा स्थगन गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्छ,’ नेता पोखरेलले भने, ‘संविधान निर्माणका बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो, त्यो एकता संविधान कार्यान्वयनको यो चरणमा पनि हुनु आवश्यक छ ।’


स्थानीय निकाय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा नेता पोखरेलको जोड थियो ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts