Monday, January 16, 2017

शीतलनिवास पुग्दा पूर्वराजा ज्ञानेन्द्रले ५० बर्ष पहिलेको आफ्नो बिबाहलाई सम्झीए

सोमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको बिहे समारोहमा सहभागी हुन शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो  बिबाहको दिनलाई सम्झेका छन् । ५० बर्ष पहिले कोमल राज्य लक्ष्मीसंग शितल निवासमै बिबाह गरेका शाहले आफ्ना पुराना दिन सम्झेका हुन् ।


बिहेको निम्तो मान्न शीतलनिवास छिरेका पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहस्थल पुगेर बर र बुधलाई बधाइ दिएपछि सिधै राप्रपाका नेताहरु बसेको टेबलमा गएर बसे। जहाँ राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा, राप्रपाकै राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपाका नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका सांसद गणेश थापा लगायतका ब्यक्तीहरु थिए ।


पूर्वराजा ज्ञानेन्द्रले शाहले राप्रपाका नेताहरु बसेर एक कप चिया खाँदै केहीबेर उनीहरुसंग कुराकानी गरेका थिए। कुराकानीकै क्रममा पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहमा सहभागी हुँदा आफूले ५० वर्षअघि कोमल शाहलाई भित्र्याएको सम्झना आएको बताएका थिए ।


Published on January 16, 2017 at 4:47 am



Loading…



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts