Tuesday, January 10, 2017

भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख मृत फेला

काठमाडौं,पुस २६ – भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम चितवनमा मृत फेला परेका छन् । गएको सोमबार एकसातापछि कार्यालय फर्केर आउने वाचा गर्दे कार्यालयबाट निस्केका गौतम सोमबार साँझ रामनगरको बनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।



रामनगरको बनमा दाउरा खोज्ने दाउरेले रुखमा झुन्डिएको अवस्थामा मानिसलाई देखेको भन्दै प्रहरीमा खवर गरेका थिए । काठमाडौंमा नपुगेको, कार्यालयमा पनि नफर्किएको र घरमा समेत सम्पर्क नगरेपछि उनको खोजतलास सुरु गरिएको थियो । उनका साथबाट पर्स र केही रकम, मोवाइल र उनको फोटो भेटिएको भरतपुरका प्रहरीले जनाएका छन् । पर्वत घर भएका गौतमका परिवार काठमाडौं बस्दै आएका छन् । गौतमका २ छोरी १ छोरा र पत्नी छन् ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts