Tuesday, January 10, 2017

नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं, पुस २६ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको बताएका छन् । बैंककमा रहेका पूर्वराजाले २९५औं पृथ्वी जयन्ती अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।



उनले आफू नेपाली जनताको इच्छाअनुसार चल्ने हुँदा नारायणहिटीबाट बाहिरिनुपर्ने अवस्था आएको बताए । ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राज इच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं,’ वक्तव्यमा शाहले भनेका छन्, ‘तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं । र, गर्ने पनि छैनौं ।’



उक्त वक्तव्यमा पूर्वराजा शाहले जनताले चाहे आफू पुनः शासन व्यवस्थामा फर्कन सक्ने जनाउ दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts