Tuesday, January 17, 2017

दुबई भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले भने– माघ १५ भित्रै निर्वाचनको मिति घोषणा हुन्छ

काठमाडौं, माघ ४ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १५ भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएका छन् । दुबई भ्रमण सकेर स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रम दाहालले निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे । प्रम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजित विश्व ऊर्जा सम्मेलनमा भाग लिन माघ १ गते त्यसतर्फ गएका थिए ।


त्यसक्रममा उनले निर्वाचनको तयारीकै लागि निर्वाचनसम्बन्धी विधेयक संसद्मा पेश गरेको उल्लेख गर्दै विधेयक छिट्टै पारित हुने विश्वाससमेत व्यक्त गरे । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले आफू दुबई गएको विषयमा नकारात्मक टिकाटिप्पणी गरिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts