Wednesday, January 11, 2017

सुनार बहादुर गुरुङको ‘हिमालको गोठालो’ बिमोचित



पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनार बहादुर गुरुङद्वारा लिखित ‘हिमालको गोठालो’ बिमोचन गरिएको छ । धार्चे मनास्लु पत्रिकाको आयोजनामा ‘हिमालको गोठालो’लाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको हातवाट बिमोचन गरिएको हो ।



गोरखाको लाप्राकका बस्दै आएका सुनार बहादुर गुरुङ पछिल्लो समय शिक्षका क्षेत्रमा योगदान पुर्याईरहेका समाजसेवी हुन् । उनको पहलमा यतिबेला धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । ‘हिमालको गोठालो’बाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।



‘हिमालको गोठालो’ बिमोचन समारोहमा बोल्दै डा. भट्टराईले यो कृति मार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा आफुलाई निकै गर्व लागेका भन्दै नेपाल सबै जातजातिको मुलुक भएकाले अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ बताए ।



त्यस्तै कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको र गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रिय स्तरको तालिम लिने सुनारको संघर्षशील कथाले यो कृति सबैका लागि प्रेरणादायी बनेको छ भन्दै प्रशंशा गरे ।



सुनार ट्रष्ट नेपालले प्रकाशनमा ल्याएको’ हिमालको गोठालो’ बिमोचन समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मन बहादुर पुन मगर लगायतले कृतीमाथी आफ्ना धारणा राखेका थिए ।



Published on January 11, 2017 at 8:57 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts