Saturday, January 14, 2017

आहा गोल्डकपका लागि अमेरिकाबाट आएका नेपाली खेलाडी काठमाण्डौ अवतरण


सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गते सम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप प्रतियोगिताको लागि एएनए नेपाली अमेरिकन भकुण्डो टोलि आज  काठमाडौँ पुगेका छन् l खेलाडीहरु एक समुह दिउसो ४ बजे र अर्को समुह फेरी साँझमा काठमाडौँ पुगेको थियो भने केहि खेलाडीहरु भोलि बिहान काठमाडौँ अवतरण गर्ने भएका छन् l 


अमेरिकामा जन्मेका दोश्रो पुस्ताका नव प्रतिभाशाली तथा चर्चित खेलाडीहरु सहितको उक्त भकुण्डो टोलिमा व्यवस्थापनका अधिकारीहरु पनि उनीहरुको साथमा नेपाल अवतरण गरेका छन l 


अमेरिकन भकुण्डो टोलि गत जनवरी १२ तारिख अमेरिकाबाट उडेको थियो भने आज माघे संघ्रान्तिको दिन दिउसो काठमाडौँ 


पुगेका थिए l उक्त भकुण्डो टोलीका खेलाडीलाई नेपाल उड्नु अगाडी डीसी महानगर क्षेत्रका नेपाली समुदायले भब्य बिदाई तथा शुभकामना दिई नेपाल पठाएका थिए l 


भकुण्डो टोलीलाई स्वागत गर्न दुई दिन अगाडी नेपाल पुगेका वर्तमान अन्तरिम समितिका सदस्य तथा आगामी जुलाई ४ तारिखमा बाल्टिमोरमा हुने एएनए सम्मेलन का मुख्य संयोजक विजय श्रेष्ठ तथा सहारा क्लबका प्रतिनिधिहरु स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगेका थिए l 


श्रेष्ठले ईनेप्लिज सँग कुरागर्दै आज सम्पूर्ण भकुण्डो टोली काठमाडौँमा बस्ने बताएका छन् l  सहारा क्लबका अध्यक्षले श्रेष्ठलाई सम्पूर्ण जिम्मेबारी दिएकोले पोखरा सम्म पुराउने श्रेष्ठले जिम्मा लिएका छन l कार्यक्रम अनुसार आइतबार बिहान सम्पूर्ण खेलाडीहरुलाई लिएर पर्यटक यात्री बाहक सवारी साधन बाट काठमाडौँ बाट पोखराको लागि प्रस्थान गर्ने बताए l श्रेष्ठले अमेरिकामा बस्ने सम्पूर्ण नेपाली समुदायको नेपाली अमेरिकन भकुण्डो टोलिलाई आशिर्बाद रहेको छ भन्दै नेपाल बाटै आगामी जुलाई ४ तारिखमा बाल्टिमोरमा हुने एएनए सम्मेलनको लागि सुझाब ,सल्लाह र सहभागिताको लागि अनुरोध समेत गरेका छन् l 


उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिका बाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न नेपाल गएका हुन् l उक्त टोलि लाई अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए l अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्वकांक्षी परियोजना हो l


‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगितामा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ । 


प्रतियोगिताबाट बचत भएको रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा प्रतिष्ठानमा खर्च गर्ने छ।  प्रतिष्ठानमामा हाल १६ जिल्लाका २८ जना कठिन र विपन्न अवस्थाका बालकलाई निःशुल्क शिक्षादीक्षा र स्वास्थ्य सुविधा प्रदान गरिँदै आएको छ ।


Published on January 14, 2017 at 11:42 am




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts