Sunday, January 8, 2017

लन्डनको फेस अफ द वल्र्डमा नेपाल पनि सहभागी हुने



सुर्य चन्द, काठमाडौँ— लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वल्र्ड–२०१७’ मा नेपालले पनि औपचारिक रूपमा प्रवेश पाउने भएको छ । आइतबार काठमाडौँमा फेस अफ द वल्र्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई १५ मा लन्डनमा सम्पन्न हुने फेस अफ द वल्र्ड—२०१७ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने प्रतियोगिताको घोषणा गरिएको हो ।



फेस अफ द वल्र्ड नेपालका निर्देश्ँक पियुस कर्णका अनुसार जुलाईमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौँमा ‘फेस वफ द वल्र्ड नेपाल–२०१७’ आयोजना गरिने छ । त्यसका लागि आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौँमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ । उक्त अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भैसकेका छन् । निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागी गराउने आयोजक संस्थाको लक्ष्य छ ।



‘हामी यति बेला अनलाइनबाट समेत अडिसन लिइरहेका छौँ, संस्थाका नेपाल निर्देशक कर्ण भन्छन्—‘आऊ“दो शुक्रवारसम्म अडिसन गरेर शनिवारदेखि २५ जना महिला तथा २५ जना पुरुष छनोट गरेपछि उनीहरूलाई ग्रुमिङ कक्ष्ाँमा सहभागी गराइने छ ।’ 



कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न फेस अफ द वल्र्ड—२०१६ मा सहभागिता जनाएर सेकेण्ड रनर्स अप तथा रन वे मोडलको उपाधि जित्न सफल भएका थिए । उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए । उक्त संस्थाले नेपालमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नेपालकै प्रतिनिधित्व गर्ने एक जना विजेतालाई सहभागिताको मार्ग प्रशस्त गरेपछि फेस अफ द वल्र्ड नेपाल संस्था स्थापना गरिएको हो ।



फेस अफ द वल्र्ड नेपालमा सहभागिता जनाउने प्रतियोगिहरु अविवाहित हुनु पर्ने, पुरुषको उचाइ कम्तीमा पा“च फिट तीन इन्च तथा महिलाको पा“च फिट ३ इन्च हुनु पर्ने नियम बनाइएको छ । चलचित्र ‘गा“ठो’ की नायिका नम्रता श्रेष्ठले प्रतियोगिहरुलाई करिब तीन साता लामो प्रशिक्षण दिनेछिन् । निर्णायक प्रतियोगितामा फेस अफ द वल्र्ड यूकेका प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय मोडलहरु निर्णायकको रूपमा सहभागी हुने फेस अफ द वल्र्ड नेपालका नेपाल निर्देश्ँक पियुस कर्णले स्पष्ट पारेका छन् ।



Published on January 8, 2017 at 9:48 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts