Wednesday, January 11, 2017

साहित्यकार जिसी र पत्रकार श्रेष्ठलाई सहयोग गर्न (अनेसास)को अपिल



क्यान्सर रोगको उपचार गर्न नसकेर जीवन र मृत्यु संग लडिरहेका साहित्यका उज्ज्वल जिसी र मिर्गौला फेल भएर यस्तै पीडादायी जीवन बिताईरहेका पत्रकार तेजकुमार श्रेष्ठलाई सहयोग गरेर जीवन बचाईदिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सबैसंग अपिल गरेको छ । उपचारका क्रममा रकम अभाव भएपछि अप्ठेरोमा परेका जिसी र श्रेष्ठलाई सबैले सकेको सहयोग गर्न सके उनिहरुको जीवन बचाउन सकिने भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अपिल गरेको हो ।



बुधबार एक वक्तव्य जारी गर्दै अनेसासका महासचिव गोवर्धन पूजाले भनेका छन्- ‘नेपाली साहित्यका चम्किला तारा उज्ज्वल जिसी र साहित्यिक पत्रकारिताका अथक सेवक तेजकुमार श्रेष्ठ यतिखेर अस्वस्थ भइ उपचारका क्रममा रहनु भएको छ । जिसी क्यान्सरसंग लड्दै हुनुहुन्छ भने श्रेष्ठ मिर्गौला प्रत्यारोपणका क्रममा हुनुहुन्छ । यी दुवै रोगको उपचार आर्थिक रुपले महँगो हुने हुनाले उहाँहरु सहयोगको अपेक्षामा हुनुहुन्छ । यसैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न र सहयोग जुटाउन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज , केन्द्रीय कार्यसमितिको तर्फबाट हार्दिक अपिल गर्दै उहाँहरूको स्वास्थलाभको कामना गर्दछु ।’



जारी वक्तव्यमा उल्लेख भए अनुसार साहित्यकार जिसी र पत्रकार श्रेष्ठलाई निम्न खाता नं: मार्फत सहयोग गर्न सकिने छ:



-उज्ज्वल जिसीलाई सहयोग गर्न
उज्ज्वलकुमार जिसी-नबिल बैंक खाता नम्बर ९८१००१९६००४६९ पुल्चोक शाखा , ललितपुर



-तेजकुमार श्रेष्ठलाई सहयोग गर्न
तेजकुमार श्रेष्ठ-राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखा ,बचत खाता नम्बर २५२१०



Published on January 11, 2017 at 10:42 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts