Sunday, January 8, 2017

ट्रंपको सपथ ग्रहणमा जन सागर उर्लिने, कडा सुरक्षाको प्रबन्ध, २६ वटा समूहले जुलुस निकाल्ने



वासिङ्टन डिसी, निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप आगामी जनवरी २० तारिख देखि राष्ट्रपति डोनाल्ड ट्रंप विधिवत रूपमा हुने छन् । अमेरिकाका सञ्चार माध्यम अनुसार करिब १० लाख मानिस सहभागी हुने अनुमान गरिएको छ । डिसीमा सधैँ झैँ कडा सुरक्षा अपनाईने भएको छ ।



अमेरिकामा विरोध जनाउन कानुनले दिने हुनाले उक्त उद्घाटन समारोहमा विरोध जनाउन झन्डै दुई दर्जन भन्दा ज्यादा समूहले डिसीमा विरोध तथा समर्थन गर्ने स्वीकृत समेत लिएका छन् । डिसीका सङ्घीय तथा स्थानीय अधिकारीले २६ वटा विरोध समूहले विरोध गर्ने स्थान समेत तोकेका भएता पनि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपको उद्घाटन लाई कुनै असर नर्पने गरी स्थान व्यवस्था गरिदै गरेको जनाएको छ ।



निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपको सपथ ग्रहण समारोहमा १ सय ७५ मिलियन देखि २ सय मिलियन (२० करोड डलर) खर्च हुने भनी वासिङ्टन पोस्टमा समाचार छ । जस मध्ये ७० करोड डलर निजी दाताबाट आउने र बाकी रकम सङ्घीय सरकारबाट आउने जनाएको छ ।



बराक ओबामा दोस्रो पटक राष्ट्रपतिमा पुन: निर्वाचित भए पछि करिब १ सय ७० मिलियन (१७ करोड डलर) लागेको थियो । सम्पूर्ण खर्च करदाताले तिरेको करबाट भुक्तानी गरिन्छ l



विरोध तथा समर्थन स्वरूप जुलुस निकाल्ने यस पटक सधैको भन्दा चार गुना बढी भएकोले हुनाले ती विरोध तथा समर्थन समेत गर्ने समूहलाई उचित स्थान व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ l विरोध जुलुस निस्कने समेत भएकोले सुरक्षाका सबै कडा बन्दोवस्त गरिने भएको छ । सपथ ग्रहण समारोहमा अमेरिकाका ५० वटै राज्यहरुबाट सहभागी आउने छन् भने डिसी क्षेत्रका पाँच तारे देखि सबै प्रकारका अतिथि गृहहरु अत्यधिक रूपमा चाप बढ्ने देखिएको छ ।



डिसीमा १ हजार ५ सय भवन प्रबन्धकहरु (सुरक्षा निगरानी राख्ने) ले डिसीका कार्यालय तथा निजी घरमा कडा निगरानी राख्ने समेत भएका छन् । उक्त सपथ ग्रहण समारोहमा भित्री भाग जान समेत निषेध गरिने तथा ठुलाठुला भिडलाई नियन्त्रण गर्ने काँडे तारका तगाराहरुको राम्रो व्यवस्था गरिएको जानकारी डिसीका नगर प्रमुखले दिएकी छिन् ।



सुरक्षालाई मध्य नजर गर्दै कम्तीमा डिसी भित्रिने ५ वटा डिब्बे गाडी (रेल) का सुरुङ्ग मार्ग बन्द गरिने भएको छ । अत्यधिक सवारी साधन ओहोर दोहोर हुने अन्य महत्त्वपूर्ण स्थान बाट डिसी छिर्ने स्थानमा सवारी साधनलाई रोक्ने र हिडेर जाने गरिने भएको छ । 



करिब ५ हजार राष्ट्रिय सुरक्षा कर्मी तैनात गरिने को साथै ३ हजार अतिरिक्त प्रहरी अधिकृतहरु देशका विभिन्न भागबाट मगाईएका छन् l सुरक्षाको लागि बाहिर बाट आउनेहरु जनवरी १८ भित्र डिसी पुग्ने छन् l सन् २००९ मा बराक ओबामाको सपथ ग्रहणमा १८ लाख मानिस आएका थिए भनी युएसए टुडे ले समाचार लेखेको छ ।



डिसी को ३ करोड डलर खर्च हुने अनुमान गरिएको छ भने सङ्घीय सरकारले १९ करोड डलर खर्च बिनियोजन गरेको छ । अपुग खर्च सङ्घीय सरकारले गर्ने आशामा डिसी महानगर पालिका विश्वस्त रहेको जनाएको छ ।



Published on January 8, 2017 at 10:59 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts