Monday, January 9, 2017

नोकियाको पुनरागमन, ल्यायो नयाँ एन्ड्रोइड स्मार्टफोन, यस्ता छन् बिशेषता

एजेन्सी – एक समय विश्वमै चर्चित बनेर लोपभएको मोबाइल नोकियाले बजारमा पुनरागमन गरेको छ। फिनिस मोबाइल कम्पनी नोकियाले आफ्नो पहिलो एन्ड्रोइड फोन नोकिया ६ सार्वजनिक गर्दै बजारमा आएको छ । नोकियाको उत्पादन र बजारीकरणको बिशेष अधिकार रहेको एचएमडी ग्लोवलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ ।
एचएमडी ग्लोवलको पहिलो स्मार्टफोन चीनको स्थानीय नेटवर्किङ कम्पनी ‘जेडी डट कम’को माध्यमबाट नोकिया सिक्स मोडलको स्मार्टफोन उपलब्ध हुनेछ । यसको मूल्य १६०० चिनियाँ युआन *करिव २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ ।



कम्पनीका अनुसार उनीहरुले अर्को मोडल एच वानको पनि यसै बर्षभित्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । गुगलको पछिल्लो अपरेटिङ सिस्टम नोगाट भर्सन र ५.५ इन्च डिस्पले भएको यस फोनमा ४ जीबी ¥याम, ६४ जीबी इनटरनल मेमोरी समावेश छ भने १ सय २८ जीबी मेमारी कार्ड स्पोर्ट गर्छ ।
साथै यसमा १६ एमपी रियर तथा ५ एमपी फ्रन्ट क्यामेरा समावेश गरिएकोमा ३ हजार एमएएच ब्याट्री क्षमता रहेको छ ।
नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ भने यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।
मोवाइलको ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ ।
यो मोवाइल फोन ४ जीवी र्‍याम र अक्टा-कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ । ६४ जीवी इन्टरनल मेमेरी रहेको यो मोवाइलमा १२८ जीवीसम्मको मेमेरी कार्ड प्रयोग गर्न सकिनेछ ।



नोकिया सिक्समा १६ मेघाफिक्सेल ब्याक र ८ मेघापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फै फ्ल्यास लाइटको सुविधा छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts