Sunday, January 8, 2017

विराटनगरमा साताव्यापी कृषि तथा औद्योगिक प्रदर्शनी हुने



विराटनगर, पुस २५ ।
विराटनगरमा एक साता लामो विराट एक्स्पो–२०७३ (कृषि तथा औद्योगिक प्रदर्शनी) आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी फागुन ११ देखि १७ गतेसम्म एक्स्पो आयोजना गर्ने जनाएको हो ।
मेलामा तीनवटा विभिन्न ब्लकमा क्षेत्रगत रूपमा छुट्टाछुट्टै स्टलहरू राखिने छ । २ सयभन्दा बढी स्टल रहने मेलामा ५० करोडको कारोबार हुने उद्योग संगठनको अनुमान छ । दैनिक ७ करोडको कारोबार हुने मेला ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।



कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न १ करोड १० लाख रुपैया“ खर्च लाग्ने उद्योग संगठनले अनुमान गरेको छ । प्रदर्शनीमा बाल उद्यान र खानाका विभिन्न परिकारसँगै मनोरञ्जनका लागि कलाकारहरूको प्रस्तुतिसमेत समावेश गरिएको छ ।



कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपंक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिति मोरङ र विराटनगर उपमहानगरपालिका सहआयोजक रहेको उद्योग संगठनले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts