Monday, January 9, 2017

संसदभित्रै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सकिने

प्रश्नोत्तरसम्बन्धी कार्यविधि अनुमोदन



काठमाडौं,पुस २५ – व्यवस्थापिका–संसद् बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि, २०७३’ अनुमोदन गरेको छ ।



संसद्को आजको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।



त्यस्तै जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार साधारणतयाः पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् । यस कार्यविधिमा संसद्मा सञ्चालन हुने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजनलगायत अन्य सञ्चारका माध्यमबाट समेत प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख छ ।



त्यस्तै आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ । सो प्रस्ताव प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पेस गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राज्यमन्त्री नियुक्तिसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।



सभामुखले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराउनुभयो । रासस



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts