Monday, January 9, 2017

लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुबैलाई एक महिना जेल सजाय

काठमाडौं,पुस २५ – लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट हटेपनि उनलाई भ्रष्ट र अनैतिक भन्दै कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालेलाई दुई जनालाई सर्वोच्च अदालतले १ महिना जेल सजाय सुनाएको छ। दाङ घर भएका नेकपा माओवादीका कार्यकर्ता शाही र बुढाले सर्वोच्च अदालत परिसरमा निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए ।



आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै अखिल क्रान्तिकारीकाले भोली मंगलबार देशभर आम शैक्षिक हडतालको घोषणा गरेको छ । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतले नियुक्ति खारेज गरेको हो ।



हिजोबाटै उनी अख्तियार प्रमुखबाट बिदा भएका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको योग्यतामाथि नपुगेको भन्दै हालेको रिटको पुनरावोलकन गर्दै सर्वोच्चले यो फैसला गरेको हो ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts