Friday, January 13, 2017

एनअारएन अमेरिकाकाे सधारणसभाः पुग्दैन काेरम तैपनि अाए डा. प्रकाशशरण

Mahat-13012017115342-1000x0


अमेरिकाकाे टेक्सास राज्यकाे डालासमा शनिबार हुने एनआरएन अमेरिकाको पाँचौं साधारणसभाकाे काेरम नपुग्ने निश्चित भए पनि त्यसकाे उद्घाटन गर्नकै लागि नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विहिबार साँझै टेक्सास अाइपुगेका छन् ।



पत्नीसहित अमेरिका अाएका डा. महत साधारणसभाकाे उद्घाटन गर्नकै लागि मात्र अमेरिका अाइपुगेका हुन् । अायाेजकहरूका अनुसार उनलार्इ उद्घाटन गर्नकै लागि बाेलाइएकाे हाे र  शनिबारको साधारणसभाका अतिरिक्त उनकाे अन्य औपचारिक कार्यक्रम नै छैन ।



डालासस्थित फोर्टवर्थ विमानस्थल उत्रेका मन्त्री दम्पतीलाई एनआरएनए, अमेरिकाका पदाधिकारी लगायत कांग्रेस पार्टी कार्यकर्ताले स्वागत गरेका थिए । तीनदिने अमेरिका भ्रमणमा अाएका महत शनिबार साँझै नेपाल फर्किने कार्यक्रम रहेकाे छ ।



एनअारएन अमेरिकाकाे अागामी चुनावमा केन्द्रीत हुने अनुमान गरिएकाे साधारणसभामा अमेरिकामा रहेका १७ वटा एनआरएनए च्याप्टरका प्रतिनिधिहरुको सहभागिता रहने बताइएकाे छ । अायाेजकहरूले नै चारसयकाे सहभागिता रहने बताइएकाे साधारणसभाकाे गणपुरक संख्या नपुग्ने निश्चित छ । चुनाव जित्नकै लागि सदस्य संख्या बढाएर १० हजार नघाइएकाे एनअारएनका वर्तमान पदाधिकारीलार्इ अाराेप छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts