Tuesday, January 10, 2017

विश्वकप फुटबल विस्तारित : सहभागी टोलीको संख्या ४८ पुग्यो, ८० खेल हुने



एजेन्सी
विराटनगर, पुस २६ ।
विश्व फुटबल महासंघको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।



विश्वकपलाई विस्तार गर्न दिइएका पाँच विकल्पहरूमध्ये फिफा काउन्सिलका ३७ सदस्यले गरेको मतदानबाट ४८ टोली सहभागी गराउने प्रस्ताव बहुमतले पारित भएको हो ।



नयाँ फम्र्याटअनुसार २०२६ को विश्वकपमा ४८ देश सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा विभाजन गराएर समूहका शीर्ष दुई टोलीलाई नकआउट चरणमा लगिने छ ।



यसअघि सन् १९९८ देखि विश्वकपमा ३२ टोलीको मात्र सहभागिता रहँदै आएको थियो । जसमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरी समूहका शीर्ष दुईलाई नकआउट चरणमा लगिन्थ्यो । नयाँ संरचना २०२६ को विश्वकपदेखि लागू हुने बताइएको छ ।





अब नयाँ संरचनाअनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् । विश्व विजेताले अगाडिकै संरचनाअनुसार सात खेल खेल्नेछन् । प्रतियोगिता ३२ दिनसम्म हुने बताइएको छ ।



विश्व फुटबलमा यस्तो संरचना लागू गराउन गत फेब्रुअरीमा फिफा अध्यक्षमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होले केही समयअघि फिफामा प्रस्ताव गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts