Thursday, January 12, 2017

युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

भक्तपुर,पुस २८ । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताउनुभयो ।



उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको बताउनुभयो । मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷७५ का लागि रु १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गर्नुभयो ।



नगरपालिकाको आन्तरिक स्रोतबाट रु छ करोड ५५ लाख, बाह्य स्रोतबाट रु १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ रु पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ रु १४ करोड ४५ लाख १३ हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । रासस



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts