Thursday, January 12, 2017

अरुको यी ६ चिज कहिल्यै प्रयोग नगर्नुहोस्, आर्थिक संकट पर्छ

हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो । जानौँ के–के हुन् ति चिज ?



कलम – तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् ।



ओछ्यान – कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ ।



रुमाल – अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।



घडी – हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।



कपडा – अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।



धन – कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts