Monday, January 9, 2017

धुर्मुस–सुन्तलीद्वारा ‘मुसहर बस्ती’को शिलान्यास, स्थानीयद्वारा भव्य स्वागत



महोत्तरी, पुस २५ ।
हास्य कलाकार धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत नमूना बस्तीअन्तर्गत मुसहर बस्तीको शिलान्यास गरेका छन् ।



महोत्तरी बर्दिबास नपा–२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको सोमबार शिलान्यास गरिएको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाइका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।



बस्ती शिलान्यास गर्न अन्य हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठीलगायत पनि बर्दिबास पुगेका थिए ।





त्यसक्रममा मुसहर समुदायका बासिन्दाले धुर्मुस–सुन्तलीलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।



बस्ती शिलान्यास कार्यक्रममा बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेल देशको असल छोरो भएको बताए । त्यस्तै, मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तलीले राजनीतिक दलहरूलाई चुनौती दिएको प्रतिक्रिया दिए ।



कार्यक्रममा बोल्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूले देशप्रतिको उत्तरदायित्व मात्र निभाएको धारणा राखे । ‘म पहिलोपल्ट पूर्व–पश्चि राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएँ । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमूना बस्ती बनाउन पोलिरह्यो,’ उनले भने ।



त्यस्तै, कुञ्जना घिमिरे (सुन्तली) आफूहरूले मुसहर बस्तीमा आएर बस्ती बनाउन पाएकोमा खुसी भएको बताइन् ।





४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांगमैत्री, बालमैत्री हुने बताइएको छ । नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिरसमेत बन्ने कट्टेलले जानकारी दिए ।



यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख रुपैयाँबाट मुसहर बस्ती निर्माण कार्य थालिएको फाउन्डेसनले जनाएको छ ।



बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्नेगरी काम भइरहेको फाउन्डेसनले जनाएको छ ।



तस्बिर : धुर्मुस–सुन्तली फाउन्डेसन

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts