Saturday, January 14, 2017

प्रधानमन्त्री दाहाल युएर्इ प्रस्थान-नेपाली कामदारको सुरक्षा र पारिश्रमिक बारे छलफल गरिने



प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट (युएर्इ) प्रस्थान गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट-२०१७ मा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डल शनिबार अबुधाबी प्रस्थान गरेको हो ।



संयुक्त अरब इमिरेट्स ९यूएई० सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरेको छ ।
वल्ड फ्युचर इनर्जी समिट-२०१७ को विशेष वक्ताका रुपमा उपस्थित हुन युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमले गरेको निमन्त्रणा अनुसार अबुधाबी प्रस्थान गरेका दाहाल संग परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिव, शिष्टाचार महापाल दीपक अधिकारी, उनका स्वकीय सचिवालयका सदस्य लगायतका उच्च अधिकारी कार्यक्रममा सहभागी हुन अबुधाबी प्रस्थान गरेका छन् ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गरेका थिए ।



प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा संबोधन गर्नुका साथै युएईमा रहेका नेपाली कामदारको सामाजिक सुरक्षा र पारिश्रमिक तथा अन्य सुरक्षाको बारेमा विशेष छलफल गरिने पनि बताइएको छ ।



Published on January 14, 2017 at 7:16 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts