Wednesday, January 18, 2017

सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको डेढ लाख दिन थाल्योे


काठमाडौं, माघ ५ ।
सरकारले आजदेखि भूकम्पपीडितलाई घर निर्माणनिम्ति दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्ने भएको छ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँचपास गराएकालाई सरकारले दोस्रो किस्ताबापतको रकम दिन थालेको हो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो चरणमा मकवानपुर र सिन्धुलीमा रकम वितरण गरिने छ । ती जिल्लाबाट दोस्रो किस्ताका लागि करिब ३ सय पीडितको नाम प्राधिकरणमा पुगेको छ ।


सोमबारसम्मको तथ्यांकअनुसार भूकम्प ‘अतिप्रभावित’ १४ वटा जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरीले पुनर्निर्माणअन्तर्गत अनुदान रकम पाउने प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts