Monday, January 9, 2017

एकीकृत मुसहर नमुना बस्ती निर्माण सुरु



बर्दिबास, पुस २५ गते। महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ ।



हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपद्विपद्मा परेका नेपालीको सेवामा लागेर अनुकरणीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माण आगामी चैत मसान्तभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । आगामी विसं २०७४ को पहिलो दिनमै मुसहर बस्तीका ५० परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिने उहाँको भनाइ छ ।



सो अवसरमा विभिन्न सङ्घसंस्था, कार्यालय र व्यक्तिले बस्ती निर्माणका लागि रु १८ लाख र निर्माण सामग्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गर्नुभयो । फाउन्डेसनले यसअघि काभ्रेपलाञ्चोकको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माण गरिसकेको छ । रासस फोटो: नागरिकन्युज



Published on January 9, 2017 at 9:01 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts