Friday, January 13, 2017

सिरिया शान्ति वार्तामा अमेरिका पनि सहभागी हुने

बेरुत (लेवनान), पुस २९ गते । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमण रहेकै समयमा यही जनवरी २३ गतेदेखि काजकिस्तानको अस्तानामा हुने शान्ति वार्तामा अमेरिकालाई सहभागी गराउने विषयमा रसिया सहमत भएको छ ।



यस अघि सरकार र विद्राहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । यद्यपि पछिल्लो युद्धबिराममा अमेरिकाको प्रत्यक्ष सम्लग्नता रहेको छैन ।



मस्को र अङ्कराको पहलमा भएको सम्झौता अनुसार सिरियाली विद्रोहीसँग राष्ट्रपति वसर अल असदको प्रशासनले जनवरी २३ मा अस्पतानामा थप छलफल गरी सिरियामा जारी द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत, सम्बोधन गर्ने सहमति भएको छ ।



आगामाी वार्तामा वासिङ्टनलाई पक्कै निम्त्याइने छ । यसमा रसियाको समेत सहमति जनाएको छ, मेभलुटको कभसोग्लुले बिहीबार जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । रासस÷एएफपी



Published on January 13, 2017 at 7:12 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts