Tuesday, January 10, 2017

कार्यालयमै तास खेल्ने विद्युत् प्राधिकरणका कर्मचारीमाथि कारबाही

झापा, पुस २६ ।
कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेको अवस्था भेटिएका नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, दमकका कर्मचारीमाथि कारबाही भएको छ ।



सोमबार दिउँसो प्राधिकरणका कर्मचारी होमबहादुर अधिकारी, सन्तोष दाहाल, हरिचन्द्र तिम्सिना, राधाकृष्ण चौधरी र नवराज न्यौपाने कार्यालयभित्रै तास खेल्दै गर्दा भेटिएका थिए । त्यसको भोलिपल्ट मंगलबार उनीहरूमाथि कार्यालयले विभागीय कारबाही चलाएको हो ।



कार्यालय समयमा कार्यालयभित्र तास खेल्ने कर्मचारीमाथि विभागीय कारबाही गरिएको कार्यालय प्रमुख सुरेन्द्रकुमार साहले बताए ।



साहका अनुसार दैनिक ज्यालामा काम गर्ने अधिकारी र तिम्सिनालाई कामबाट हटाइएको छ भने अन्यलाई स्पष्टीकरण सोधिएको छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts