Monday, January 9, 2017

फेरी बन्दको सास्ती, शाही युवा शक्तिद्धारा उपत्यका बन्दको घोषणा

काठमाडौं,पुस २५ – शाही युवा शक्ति नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै भोलि २६ गते उपत्यका बन्दको घोषणा गरेको छ ।
युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरेको जनाएको हो । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पत्रकारहरुसँगको कुराकानीमा विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा विदा दिने दलाल सरकारले पौष २७ गते विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको र आम नेपाली नागरिकको अपमान गरेको भन्दै बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए।



राष्ट्र निर्माताको अपमान गर्ने विदेशीको दलाल पार्टी र झण्डा त्याग गरेर राष्ट्रको झण्डा बोकेर राष्ट्र जोगाउन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले सबै युवाहरुलाई सडकमा आउन आह्वान गरेका छन् ।
अहिलेको समस्याको जड गणतन्त्र भएको भन्दै शाही युवा शक्ति नेपालले यो प्रणाली खारेज गरेरै छाड्ने दावी गरेको छ । उसले भोलिको बन्द राष्ट्र निर्माताको नाममा भएको भन्दै सबैलाई स्वतस्फूर्त रुपमा सहयोग गर्न आग्रह गरेको छ । अन्यथा कुनै किसिमको घटना भए स्वयं जिम्मेवार हुने समेत शक्तिले चेतावनी दिएको छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts