Sunday, January 15, 2017

र्‍यापर यमवुद्धद्वारा बेलायतमा अात्महत्या, संसारभर नेपाली प्रशंसक स्तव्ध

15965751_1142245085888937_6666539500582900581_n

यमबुद्धको नामले चर्चित र्‍याप गायक अनिल अधिकारीको बेलायतको लण्डनमा भएकाे दुःखद निधनले उनका प्रशंसकहरू स्तव्ध भएका छन् ।


बीबीसी नेपालीका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:२० बजे एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेको लण्डनको मेट्रोपोलिटन पुलिस र चिकित्सा टोलीले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । उक्त घटना शंकास्पद नठानिएको त्यहाँको प्रहरीले जनाएको छ ।
पारिवारिक स्राेतका अनुसार २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित अाफ्नै निवासको बाथरुममा शनिबार बिहान झुण्डिएको अवस्थामा भेटिएको थियाे ।


पूर्वी नेपालकाे धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए ।


सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान रहेका  र्‍यापर अधिकारीका ‘आमा,’  ‘जुत्तामा,’ ‘साथी’ जस्ता चर्चित गीत छन्।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts