Friday, January 13, 2017

तपाईं तनावपूर्ण जीवनवाट मुक्त हुन चाहानुहुन्छ ? दुई मिनेटको नियमले जीवन परिवर्तन गरिदिनेछ !

काठमाडौं -जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।
यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका पाउनुहुन्छ ।



यो नियम अत्यन्तै सरल छ : कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले गजबको महसूस गर्नुहुनेछ ।



काम टार्दा त्यसले तपाईं दोषी महसूस गराइरहन्छ र तपाईं आनन्द लिन समेत पाउनुहुन्न । बाँकी रहेको काम सकिहाल्नुस् र फुर्सदको भरपूर आनन्द लिनुस् ।



घरमा जम्मा भएका फोहोर बाहिर निकालिहाल्नुस् । पछि गरौंला नि भनेर टार्नुको साटो तत्कालै फोहोर निकाल्नु ठीक हुन्छ । आखिर ढिलोचाँडो तपाईंले फोहोर फाल्नैपर्छ क्यारे, किन साइत हेरिरहने ? काम सिध्याएपछि आनन्दै आनन्द ।



सजिलै सम्पन्न हुने कामलाई नसार्नुस् । सजिला काम सकिहाल्दा नियमित कामको लामो सूची छोटिन्छ । कुनै पनि काम शुरु गर्न पो गाह्रो त, सजिलो काम पहिल्यै सक्दा तपाईंलाई काम फत्ते गर्न प्रेरणा मिल्छ ।



तपाईंलाई स्वास्थ्यको माया छ भने स्वस्थ खानेकुरा खानुस् । स्याउ स्वस्थ खानेकुरा हो । यो खान दुई मिनेट पनि लाग्दैन । यसरी स्वस्थ खानेकुरा खोज्दै गर्दा यो तपाईंको राम्रो बानीका रूपमा विकास हुन्छ ।



किताब पढ्ने राम्रो बानी बसाल्नुस् । नियमित किताब पढ्नुभयो भने तपाईंलाई किताबमा रस बस्छ । दिनको एक घन्टा कम्तीमा पनि पढ्नलाई छुट्याउनुस् ।



सरल काम सिध्याउनका लागि सूची बनाइरहनु पर्दैन । सूची बनाउनुको समय तपाईं काम नै गर्नुस् न । एउटा काम सक्दा तपाईंलाई सन्तुष्टि हुन्छ र अरू काम सक्न थप प्रेरणा मिल्छ ।
-lokaantar.com



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts