Sunday, January 8, 2017

इँटा उद्योगमा मजदुरका यी हुन् स्वास्थ्य समस्या

इँटा उद्योगमा मजदुरका यी हुन् स्वास्थ्य समस्या



चिरञ्जीवी न्यौपाने



इँटा विकास र समृद्धि यात्राका लागि आवस्यक पर्ने महत्वपूर्ण निर्माण सामग्री हो । यसको महत्व समग्र आर्थिक तथा पूर्वाधार विकासको सवालमा प्रत्यक्ष्य जोडिएको छ । प्रायः मानिसको एउटा सपना परिवार र एउटा सुन्दर घरको निर्माण हो । यसका लागि इँटाको आवश्यक पर्दछ । देशको विकास निर्माणका लागि पनि नभई नहुने वस्तु हो इँटा । यस्तो महत्वपूर्ण वस्तु उत्पादन गर्ने इँटाको उत्पादन गर्ने इँटा उद्योगको कथाव्याथा भने अलिक फरक छ ।



इँटा उद्योगमा काम गर्ने मजदुरका थुप्रै समस्याहरु छन् । त्यसमध्येको प्रमुख समस्या हो– स्वास्थ्य र सरसफाई । नेपालका इँटा उद्योगको कार्यस्थलको वातावरण स्वास्थ्यका दृष्टिले प्रतिकूल छ । त्यहाँ काम गर्ने मजदुरहरु जोखिमपूर्ण वातावरणमा काम गर्दै आएका छन् । यसप्रति इँटा उद्योगीहरु न्यूनतम वातावरणीय मापदण्ड कार्यान्वयन गर्ने मनस्थितिमा छैनन् । अर्कोतर्फ सरकारको अनुगमन पनि फितलो देखिएको छ । यसले मजदुर र उनीहरुका छोराछोरीको अवस्था दयनीय छ । बालबालिकाको मानव अधिकार एवं बाल अधिकार रक्षा हुन सकिरहेको छैन ।



उद्योगमा यस्ता छन् समस्या
– धेरै जसो उद्योगमा पिउने पानीको समस्या जटिल देखिएको छ । त्यहाँ खानेपानीको स्रोतको अभाव हुने गरेका छ भने भएका स्रोतहरु प्नि असुरक्षित र पिउनयोग्य छैन । यसले पानीजन्य रोगको खतरा सधैँ रहने गरेको छ ।
– उद्योग परिसरमा शौचालयको राम्रो प्रबन्ध छैन । यसले मजदुरहरुमा झडापखला, टाइफाइड जस्ता सरुवा रोगहरुको जोखिम बढेको छ ।
-उद्योग परिसरमा हुने अत्यधिक धुलो धुवाँ र प्रदूषण नियन्त्रणका उपाय अपनाइएकोे छैन । मजदुरलाई प्रदूषणबाट बच्न आवस्यक पर्ने माक्स, पन्जा जस्ता सुरक्षाका साधनहरुको अभाव छ । सँगै गएका मजदुरका बालबच्चा पनि त्यसको सिकार भएका छन् ।
-कार्यस्थल सुरक्षामा उद्योगीहरु उत्तरदायी नभएकाले मजुदुरलाई चोट पटक लाग्ने गरेको छ । उनीहरुलाई सेफ्टी हेल्मेटको समेत अभाव छ ।
– गर्मी, जाडो, घाम, पानी, आगोको जोखिम ज्यादा छ ।
-इँटा बोक्दा मेरुदण्डसँग सम्बन्धित समस्या बढ्दै गएका छन् ।
-कोइलालगायतका पदार्थबाट निस्कने रसायनले छालाजन्य रोग र स्वासप्रश्वासमा गम्भीर समस्या देखिँदै आएका छन् ।
– आवश्यक कार्यवातावरणको अभाव, मनोरञ्जनका लागि समयको अभाव, रिफ्रेसमेन्टका लागि अल्कोहलको प्रयोगले झैझगडा हुँदा बालबालिका तथा महिलामा मानसिक समस्या बढेको छ ।



विश्व स्वास्थ्य सङ्गठनाको पेसागत स्वास्थ्य मापदण्ड यस्तो छ 
– पेसामूलक स्वास्थ्यको लक्ष्य सबै पेसामा लागेका कामदारहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यको उच्चतम स्तरमा प्रवद्र्धन र निर्वाह गर्नु ।
– काम गर्ने वातावरणको कारणले गर्दा कामदारहरुको स्वास्थ्यमा नकारात्मक स्थिति आउन खोजेमा त्यस्ता कारणहरुबाट प्रभाव पर्न नदिन कामदारहरूको सुरक्षा र स्वास्थ्यमा नराम्रो असर पर्नबाट रोक्नु ।
-कुनै पनि पेसाका मानिसहरुको रोजगारका साथै स्वास्थ्य सवाललाई संरक्षित गर्ने ।
– काम गर्दा हुने बिरामीको उपचारको ग्यारेन्टी गर्ने ।
– कामदारहरुका बालबालिका तथा गर्भवती महिलाको हेरचाहर गर्ने ।



नेपालको श्रम ऐनमा भएको व्यवस्था 
-श्रम ऐन २०४८ एवम् श्रम नियमावली २०५० अनुसार स्वास्थ्य सुरक्षासम्बन्धी व्यावस्था अन्तर्गत कामदारले काम गर्नुपर्ने घर, स्थान सफा राखी प्रकाश, हावा तथा तापको व्यावस्था हुनुपर्ने ।
-खाँदेर र विरुप हुनेगरी कामदारलाई काममा लगाउन नहुने
– पिउने पानीको व्यावस्था हुनुपर्ने ।
– आपतकालीन अवस्थाबाट बच्न आगो निभाउन, धुलो पखाल्न पर्याप्त पानीको व्यावस्था हुनुपर्ने ।



पेसामूलक स्वास्थ्य मापदण्को अवलम्बनबाट हुने फाइदा
-कामदारको उत्पादनशील क्षमता बढाउन मद्दत गर्छ
-महिला कामदार तथा उनीहरुका बालबालिकाहरुको स्वास्थ्य रक्षामा सहयोग गर्दछ ।
– काम गर्ने स्थानमा हुने दुर्घटनाहरुको नियन्त्रण र रोकथाम गर्दछ ।
– सरकारी कानुन तथा श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्दछ ।
– मजदुर तथा सामाजप्रतिको उत्तरदायित्व निर्वाह गर्छ ।



सावधानीका उपाय
इँटा उद्योगमा जोखिम बढी हुने हुनाले सर्वप्रथम इँटा उद्योगमा प्रयोग हुने औजार एवं उपकरणको बारेमा विस्तृत जानकारी लिई ओरियन्ट हुने ।
– भट्टा जलाउने मजदुरहरुले तातोमा नपग्लिने गरी बनाइएका जुत्ताचप्पलको प्रयोग गर्ने ।
–धूमपान एवं मध्यपान नगर्नेे
– नाइलन जस्ता कपडाको प्रयोग नगर्ने
– शुद्ध पानी प्रशस्त मात्रामा पिउने जसले गर्दा पसिनाबाट गएको पानीको मात्रालाई व्यावस्थापन गर्न सकियोस् ।
– प्राथामिक उपचार पद्धतिलाई प्रभावकारी बनाउने ।
– जनचेतना बढाउने आदि ।
देशको महत्वपूर्ण उद्योगका रुपमा रहेको इँटा उद्योगलाई व्यावस्थित गर्नका लागि व्यावसायी, सरकारलगायतका सरोकारवाला निकायहरु गम्भीर बन्नु जरुरी छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts