Wednesday, January 11, 2017

प्याजको टुक्रालाई पैतालामा राखेर सुत्दा हुन्छ कल्पनै नगरेका यस्ता फाइदाहरु

काठमाडौं – प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ । यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा घुसेर रगत शुद्ध बनाउँछ ।



अर्को तर्फ पैँतालाले हाम्रो शरीरको भार थाम्नेमात्र होइन यसको सिधा कनेक्सन हाम्रो शरीरका विभिन्न अंगहरुसँग हुन्छ । पैतालामा करिब ७०० वटा तन्तुहरुको कनेक्सन हुन्छ, जुन शरीरका विभिन्न अंगहरुसँग सम्बन्धित छ । हाम्रो पैँतालाले विजुलीको एक शक्तिशाली सर्किटको जस्तो कामसमेत गर्छ । तर, जुत्ता-चप्पलको प्रयोगले यो निश्क्रिय प्राय: हुन्छ । त्यसैले त चिकित्सकहरु दिनमा केही घण्टामात्र भएपनि नाङ्गो खुट्टाले टहलिन सुझाव दिन्छन् ।



एउटा जैविक प्याज लिनुहोस्, जुन कुनै पनि विषादी र केमिकलबाट मुक्त हुनुपर्छ । अब यसलाई गोलोगरी काट‍्नुहोस् । त्यसको केही टुक्रालाई माथिको चित्रमाजस्तै गरी दुईवटा पैँतालामा राख्नुहोस् र मोजा लगाएर सुत्नुहोस् । ख्याल गर्नुस्, यसरी राख्दा त्यो प्याज राम्रैसँग पैँतालामा टाँसिएको हुनुपर्छ । यसो गर्दा के फाइदा हुन्छ त ? आउनुस्, हामी बुँदागतरुपमा जानकारी दिँदैछौं ।
ब्याक्टेरिया र रोगाणुहरु नष्ट गर्छ:
प्याजमा एण्टी ब्याक्टोरिलय गुण हुन्छ । जुन शरीरमा लामो समयसम्म टाँसिएर रहँदा ब्याक्टेरिया तथा विभिन्न रोगका किटाणुहरुलाई नष्ट गरिदिन्छ ।
रगतलाई शुद्ध बनाउँछ:
जब छालाले प्याजमा रहेको फस्फोरिक एसिड सोस्छ, तब त्यो धमनीमा पुग्छ । अनि यसले रगतलाई शुद्ध बनाउन मद्दत गर्छ ।
हावालाई शुद्ध बनाउन मद्दत गर्छ:
पासमै रहेको प्याजको टुक्राले तपाईंले स्वास लिने हावालाई पनि शुद्ध बनाउन मद्दत गर्दछ । साथै यसले खुट्टाको गन्ध हटाउने तथा केमिकल एवम् विषाणुहरुलाई नष्ट गर्ने काम गर्छ ।
मुटु रोगबाट छुटकारा:
यसरी नियमित राखिने प्याजको टुक्राले तपाईंको मुटुलाई स्वस्थ राख्ने काम गर्दछ । जब मुटु स्वस्थ हुन्छ, तब मुटुसम्बन्धी कैयन खतरनाक रोगहरुबाट छुटकारा मिल्छ ।
पेटको संक्रमणबाट बचाउँछ, किड्नीलाई सुरक्षित राख्छ:
यसले पेटको संक्रमणबाट बचाउनेमात्र होइन किड्नीलाई पनि सुरक्षित गर्ने काम गर्छ ।
तल्लो पेट र मुत्राशयको समस्याबाट मुक्ति
यदि तपाईं तल्लो पेट वा मूत्राशयको समयस्याबाट पीडित हुनुहुन्छ भने पनि तपाईंका लागि यसो गर्नु निकै उपयोगी हुन्छ ।
खुट्टाको गन्ध हटाउँछ:
मोजा लगाउँदा तपाईंको पैँतालामा गन्ध आउँछ भने पनि यसले त्यसलाई कम गर्न मद्दत पुग्दछ ।
सर्दी तथा ज्वरोबाट बचाउँछ:
यसरी राखिने प्याजको टुक्राले तपाईंलाई सर्दीबाट बचाउनेमात्र होइन फिवरबाट पनि बचाउँछ ।
Source: onlyayurved



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts