Wednesday, January 11, 2017

इटालीका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार



रोम, पुस २७ गते । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भएको अस्पताल स्रोतले बुधवार जानकारी दिएको छ ।



फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्कनु भएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला पर्नुभएको उहाँको कार्यालय चिजी प्यालेसले जनाएको थियो ।



चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय जेमेल्ली अस्पतालमा प्रधानमन्त्री जेन्टिलोनीको तत्कालै एन्जियोप्लास्टी शल्यक्रिया ९मुटु रोगसम्बन्धी गम्भीर र विशेष खालको शल्यक्रिया० सम्पन्न गरिएको र हाल उहाँको स्वास्थ्य स्थिति स्थिर र राम्ररी सुधार भइरहेको जनाएको छ ।



पेरिसबाट रोम फर्किने क्रममा अकस्मात् बिरामी पर्नु भएपछि उहाँलाई सिधै अस्पताल लगी भर्ना गरिएको थियो ।



प्रधानमन्त्री जेन्टिलोनी हाल ६२ वर्षको हुनुहुन्छ । इटालिको पूर्व प्रधानमन्त्रीसहित मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिएपछि गत महिनादेखि मात्र उहाँले कार्यभार सम्हाल्न सुरु गर्नुभएको थियो ।



यसअघि, पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जिको सरकारमा उहाँले विदेश मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । रासस÷एपी



Published on January 11, 2017 at 10:18 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts