Tuesday, January 10, 2017

छक्का पञ्जाको ‘देख्न चम्पा’ पछि शान्तिप्रियको अर्को नयाँ गीत सार्वजनिक (भिडियो सहित)



पछिल्लो समय फिल्म छक्का पञ्जाको देख्न चम्पा बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको नयाँ गीत ‘मत माया गर्ने मान्छे’ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका हुन् ।



सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।



’हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए ।



यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउछन । ’माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ , यसै भावलाई गीतमा उतारेको छु’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए ।



गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।





Published on January 10, 2017 at 9:34 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts