Friday, January 13, 2017

‘छक्का पञ्जा’ पाइरेसी गर्ने एक युवाले गरे आत्महत्या !

काठमाडौं – नेपाली चलचित्र उद्योगमा उत्कृष्ट रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न एक युवाले आत्महत्या गरेका छन् । चितवन घर भएका कृष्ण सुवेदी नामका युवाले मानसिक तनाब खेप्न नसकी आत्महत्या गरेको अनुमान गरिएको छ । यसको बारेमा पुर्णतः विवरण आउन बाँकी छ ।



आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका थिए । ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक भएको छ । फेसबुक मार्फत लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको छ । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो ।



पाइरेसीको चपेटामा परेको ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् : पूरा चलचित्र)



प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् ।



छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो ।





No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts