Friday, January 13, 2017

साझा बसले लामो दूरीमा भाडा घटायो,कहाँको भाडा कति (भाडादरसहित)

काठमाडौं,पुस २९ – साझा यातायातले काठमाडौं बाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि सुविधा दिने तयारीका साथ भाडादर घटाएको छ । काठमाडौंबाट बुटवल-भैरहवा-सुनौली, हेटौंडा-वीरगञ्ज र पोखरा-कुस्मा-बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु दुईतर्फी सञ्चालन गर्दै आएको साझले २० प्रतिशत भाडा घटाएको आज जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।



भोलिदेखि साझाका बसहरुमा लामो दूरीको यात्रा गर्नेहरुलाई छुटको व्यवस्था गरेको हो । गएको असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि सेवा दिन सुरु गरेको साझाले हाल काठमाडौंबाट गोरखा,बाग्लुङ,पोखरा, विरगंज,भैरहवा,लुम्बिनीको लागि ८ वटा बसबाट सेवा दिइरहेको छ।



नयाँ भाडादरमा काठमाडौंबाट बाग्लुङ पुग्न ४४२ रुपैयाँ लाग्नेछ । सोही रुटमा कुस्मासम्म ४०० र पोखरासम्म ३१२ भाडा दर कायम गरिएको छ । त्यस्तै काठमाडौंबाट वीरगञ्ज जान ३९२ रुपैयाँमात्र लाग्नेछ । सोही रुटमा हेटौंडासम्मका लागि ३२८ भाडा तोकिएको छ । छुटसहितको भाडादर अनुसार काठमाडौंबाट बुटवलसम्म ३७८, भैरहवासम्म ४०८ र सुनौलीसम्म ४०८ रुपैयाँ तोकिएको छ ।





No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts