Friday, January 13, 2017

चैत ४ बाट प्रर्दशनमा आउने चलचित्र ‘जादुगर-२ जोकर’को पहिलो पोष्टर सार्वजनिक


चलचित्र ‘जादुगर-२ जोकर’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । आगामी चैत ४ गते अर्थात मार्च १७ तारिकका दिन अधिराज्यभरी तथा अन्तराष्ट्रिय प्रदर्शन बैसाख १ गतेलाइ तोकेको ‘जादुगर-२ जोकर’को पहिलो पोस्टर भर्खरै सार्वजनिक गरिएको हो ।



जादुगरको रुपमा परिचय बनाएका कलाकार महादेव त्रिपाठीको निर्देशनमा बनेको ‘जादुगर २ जोकर’मा नेपाली समाजको यथार्थ परिवेशलाई चित्रण गरिएको कलाकार तथा निर्देशक त्रिपाठीले बताए ।



त्रिपाठीका अनुसार चलचित्रमा समाजको त्यो पाटोलाई देखाउन खोजिएको छ जुन ग्रामिण क्षेत्रबाट राजधानि आएका युवायुवतीले भोग्दै आईरहेका छन् ।



मधुर बस्नेतले निर्माण गरेको चलचित्रलाई विषेश पन्तले लेखेका हुन् भने निर्माता बस्नेत स्यमंको छायांकन चलचित्रमा रहेको छ ।



चलचित्र ‘जादुगर’को सफलतालाई हेर्दा ‘जादुगर २ जोकर’ पनि दर्शकको रोजाईमा पर्ने अनुमान गरिएको छ भने हाल सम्मको रेकर्डलाई ब्रेक गर्दै पहिलो पटक यो चलचित्र १२ वटा देशमा एकसाथ प्रर्दशनमा आउने भएकाले पनि चलचित्र युनिट तथा दर्शकहरु उत्साहित छन् ।



चलचित्रमा महादेव त्रिपाठी, विश्वका होचा कलाकार दिपेन शाह, नवराज श्रेष्ठ,सुरेन्द्र केशी (मुलासाग),शिव शंकर रिजाल(जोगीन्दर)मेरी वास्सैकी अप्सरा, अन्जु थापा, राजेन्द्र गिरी (गुन्द्रुक साँधेर) विषेश पन्त, बिनोद राई, बाल कलाकार रिहानराज गिरी लगाएतको अभिनय रहेको छ भने यसै चलचित्रबाट सिम्पल खरेल र संगीता लामाले नव नायिकाको रुपमा चलचित्रमा डेब्यु गरेका छन् ।



Published on January 13, 2017 at 11:28 am




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts