Thursday, January 12, 2017

राम सी पोखरेल, संयोजक-पाँचौ वार्षिक साधारण सभा गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) अमेरिका- प्रेस विज्ञप्ति



प्रेस विज्ञप्ति



गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ । ‘Enhancing unity & integration- Our action for Vision 2020 & beyond’ भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरूको उपस्थिति हुने अनुमान रहेको छ । एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथिका रूपमा थुप्रै नेपालीहरूको आगमन हुनेछ ।



सम्मेलनका लागि अमेरिकामा रहेका नेपाली समुदाय निकै उत्साहित भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल भन्नुहुन्छ–‘नेपाली समुदायको यो उत्साहलाई हामीले असाध्यै सकारात्मक रूपमा लिएका छौँ । यसले एनआरएन अमेरिकालाई अझै सशक्त रूपमा अघि बढाउन हौसला दिएको छ ।’



सम्मेलनको मुख्य आकर्षणको रूपमा Economic diplomacy & Diaspora Investment का बारेमा पनि व्यापक छलफल हुनेछ । यो सत्रलाई माननीय परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।



सम्मेलन नेपालीबीच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितिलाई अमेरिकामा अझै सबल रूपमा अघि बढाउनका लागि योजना बनाउने थलो समेत हुनेछ । कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई ड्यालसमा न्यायो स्वागतको लागि सबै तयारी पुरा भइसकेको व्यहोरा समेत अनुरोध गर्दछु ।



राम सी पोखरेल
संयोजक
पाँचौ वार्षिक साधारण सभा
गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) अमेरिका



Published on January 11, 2017 at 10:55 pm



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts