Monday, January 9, 2017

कांग्रेसले अवरोध नगरेको भए विराटनगर महानगरपालिका हुन्थ्यो : ओली



विराटनगर, पुस २५ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोधका कारण विराटनगर महानगरपालिका हुन नसकेको खुलासा गरेका छन् । सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै ओलीले कांग्रेसको अवरोधले विराटनगर महानगरपालिका बन्न नसकेको खुलासा गरेका हुन् ।



ओलीले भने, ‘नेपाली कांग्रेसले साह्रा बल लगाएर नरोकेको भए विराटनगर महानगरपालिका हुन्थ्यो ।’



ओलीले जालझेल गरेर संसद्मा संशोधन प्रस्ताव पेश गर्न सफल भए पनि प्रस्ताव पारित गर्न नसक्ने स्पष्ट पारे । उनले संविधान र देशको हितबिपरीत संशोधन प्रस्ताव ल्याइएकाले प्रस्तावको विपक्षमा एमाले सशक्त भएर उभिने र पास हुन नदिने बताए ।



मधेसवादी दलविरुद्ध कडा रूपमा प्रस्तुत भएका ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई लक्षित गर्दै थान्कामा बस्न सुझाव दिएका छन् ।



उनले भने, ‘एमालेलाई मधेसबाट बिदा गर्ने अभिव्यक्ति दिनेहरूलाई थान्कामा बस्न सुझाव दिन्छु ।’



उनले मधेसवादी कुनै दल नभएको भन्दै मधेसीका नाममा १०/२० हजार भोट बटुलेर समानुपातिक प्रणालीको फाइदा उठाउँदै श्रीमतीलाई सांसद् बनाउन केही मानिस लागि परेको बताए ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts