Friday, January 13, 2017

मधेशी मोर्चा निर्वाचनमा जान्नौं भन्नु अराजक-प्रदिप ज्ञवाली



नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको बिपरित गएर निर्वाचनमा जान्न भन्नु गलत भएको बताउनु भयो ।



आफूलाई मधेशको हिमायती ठान्ने मधेशी मोर्चालाई मधेशको ८० सिट जितेर देखाउन चुनौती दिँदैं उहाँले आठ÷दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताउनु भयो ।



उहाँले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संबिधान संशोधन गर्न मोर्चालाई आग्रह गर्नु भयो । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेशी मोर्चा ईतिहासमा सिमित हुने उहाँले बताउनु भयो ।



उहाँले संबिधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताउनु भएको छ । वर्तमान समयमा निर्वाचन सबैको मिलन बिन्दु भएको र संशोधन बिधेयक प्रतिपक्ष लगायतका दलहरुको बिरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसदको मर्यादाको बिपरित भएको भन्दै उहाँले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताउनु भएको छ ।



उहाँले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउने लगायतको काम भइरहेको भन्दै संघियतालाई बिफल पार्ने काम बिभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउनु भयो ।



उहाँले सरकारले निर्वाचनको बाटो छाडी जसरी संबिधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजीरहेकाले यस्तो राष्ट्रघाती संशोधनको प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरि बिफल पार्ने बताउनु भयो ।



इतिहासमै नेपालको राष्ट्रियता सबैभन्दा नाजुक अवस्थामा रहेको भन्दै उहाँले संबिधान निर्माण र संशोधनको प्रक्रियामा नेपालको नितान्त आन्तरिक मामलामा छिमेकी मित्र राष्ट्रहरुलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिनु भयो । उहाँले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा ठाडो र खुल्ला रुप मै वैदेशिक हस्तक्षेप भइरहेको टिप्पणी गर्नु भयो ।



Published on January 13, 2017 at 5:07 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts