Friday, January 13, 2017

राकेश काफ्ले सत्य घटनामा आधारित गीत ‘तोडेर नाता जाँदै छु’ लिएर बजारमा (भिडियो सहित)


 कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत-संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत अाधा दशकदेखि शसक्त चर्चामा रहेका स्रष्टा राकेश काफ्लेका एकल शब्दमा रहेको  एल्बम “तुलसी मञ्जरी”मा संग्रहित  “तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट…” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


सिडिएम म्युजिक क्रियसनले बजारमा ल्याएको यस म्युजिक भिडियोलाई भूटानी नेपालीहरू माझ चर्चामा रहेका चलचित्र नायक केदार उप्रेतीले निर्देशन गरेका छन् ।



नयाँ प्रतिभाहरूको खोजिमा तल्लिन रहने काफ्लेले यस म्युजिक भिडियोमा केही नयाँ प्रतिभा र केही चर्चामा रहेका प्रतिभाहरूलाई परिवर्तित भूमिकामा उतारेका छन् । स्कुले जीवनबाटै केही राम्रा नेपाली चलचित्रहरूमा सफल नायकको भूमिका निर्वाह गरेका केदार उप्रेती हालचाल म्युजिक भिडियो निर्देशनमा तल्लीन देखिन्छन्।गीत,गजल,रूबाइ आदि लेखनमा पनि उत्तिकै सक्रिय रहेका उप्रेती अमेरिकामा रहेर नेपाली चलचित्र उत्पादन तथा निर्देशनका क्षेत्रमा सम्भावनाहरूको खोजी गरिरहेको बताउँछन् ।




हामीसँग कुरा गर्दै उनी भन्छन्, “सम्भावना र चुनाैतिहरूसँग झेलिदै अभिनय क्षेत्रमा विगतमा जे गरें,सफलता हात पारें भन्ने लाग्छ । त्यसो त बजारमा आउँदै गरेको यस म्युजिक भिडियोले पनि एकातिर चर्चित गीतकार, आदरणीय दाई राकेश काफ्लेका शब्दलाई न्याय गर्ने गरी निर्देशन गरेको छु भन अर्कातिर नयाँ तथा स्थापित कलाकारहरूको संयोजनबाट मैले यस म्युजिक भिडियोमा अहिले सस्तो लोकप्रियतामा हाैसिरहेको यस क्षेत्रलाई गुणस्तरको गबाइ ख्वाउने भरमज्बुर कोशिस गरेको छु ।”




अमेरिकाको सिकागो राज्यमा रहेर नर्सिङ अध्यायन गर्दै गरेकी मुना ओलीलाई यस म्युजिक भिडियोमा नायिकाको भुमिकाबाट प्रवेश गराइएको छ भने पेन्सिल भेनियामा रहेर अभिनय अध्यायन गर्दै रहेका युवा संगीतकार तथा गायक भरत तामाङले नायकको भूमिका अंगालेका छन् ।




राजनीति,समाज,हाइहाइ,वाैदिकता,समसामयिकता, श्रृंगारिकता आदि विषय मध्येबाट यस म्युजिक भिडियोमा निर्देशक उप्रेतीले सिडिएमए म्युजिक क्रियसनले बजारमा ल्याएको गीतकार काफ्लेको पहिलो एकल एल्बम तुलसी मञ्जरीबाट बिप्रलम्भ श्रृंगारिक्तालाई मुखारित गरेको उक्त सेन्टिमेन्टल गीत रोजेका छन् ।




क्यानाडामा रहेका चर्चित युवा संगीतकार अबिरल साँइलाको संगीत र काठमाण्डाै नेपालका  चर्चित युवा गायक सिडि विजय अधिकारीको स्वरमा संगृहित रहेको उक्त म्युजिक भिडियोको श्रृंगार अमेरिकामा अहिले चर्चामा रहेका मोडल राजेश साम्पाङले गरेका हुन।




नन्द लगुनको करियोग्राफी रहेको यस म्युजिक भिडियोको सम्पादन भरत तामाङले गरेका छन् भने यस परियोजनामा लगानी वर्षा ज्वेलर्स(भानु फूयाल) र रोहन ज्वेलर्स(खगेन गज्मेर)ले सम्युक्त रूपमा गरेका छन् ।




सम्भावनाको खोजिमा उत्रिएर जस्तो सुकै चुनाैति मोल्न पनि पछि नपर्ने गीतकार काफ्लेले चर्चामा रहेका मोडलहरूको हुलबाट नयाँ कलाकार मुना ओलीलाई अभिनय क्षेत्रमा भित्र्याएका छन् । नेपाली दर्शकले ओलीको कलाकारिता र काफ्लेको छनोटलाई मन पराउँछन् पराउँदैनन् त्यो त हेर्न बाँकी नै छ ।





Published on January 13, 2017 at 12:30 pm




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts